चालु पूर्ण कर परीक्षण नरोकिने


  • Shangrila Dev Bank News Ad
  • Prabhu Bank
  • Himalayan Bank Limited (HBL)
  • Kamana Sewa Bikash Bank Ltd.
चालु पूर्ण कर परीक्षण नरोकिने

काठमाडौँ, मङ्सिर १९ गते । चालु आर्थिक वर्ष २०८२/८३ का लागि लक्ष्य निर्धारण गरिएका पूर्ण कर परीक्षणको काम नरोकिने आन्तरिक राजस्व विभागले जनाएको छ । यसअघि अर्थमन्त्री रामेश्वरप्रसाद खनालले व्यवसायीलाई तर्साउने गरी सरकारले पूर्ण कर परीक्षण नगर्ने बताएपछि त्यसबारे बढेको चासोको सन्दर्भमा विभागले औपचारिक रूपमा प्रस्ट पारेको हो । 

विभागले एक विज्ञप्ति जारी गर्दै विभाग अन्तर्गतका ठुला करदाता कार्यालय, मध्यमस्तरीय करदाता कार्यालय र आन्तरिक राजस्व कार्यालयसमेतका लागि चालु आवमा लक्ष्य निर्धारण गरिएका पूर्ण कर परीक्षणको काम नियमित हुने उल्लेख गरेको हो । खास गरी चार वर्षमा म्याद जाने फाइल र आयकर ऐनको सूचना दिएर कागजात प्राप्त भएका फाइलको पूर्ण कर परीक्षण नियमित हुने विज्ञप्तिमा जनाएको छ । 

Read More
  • MBL - below news
  • EBL Ad news
  • Laxmi Sunrise Bank Ad