काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडले मोबाइल बैंकिङ्ग सेवा ‘ग्लोबल स्मार्ट प्लस’ प्रयोगकर्ताका लागि आकर्षक उपहारसहित नयाँ योजना सार्वजनिक गरेको छ। फोनपे नेटवर्कमार्फत कम्तीमा तीन पटक रकमान्तर गर्ने ग्राहकले आइफोन १७ जित्ने मौका पाउनेछन्।
बैंकका अनुसार योजनाअन्तर्गत निर्धारित कारोबार गर्ने दुई जना भाग्यशाली प्रयोगकर्तालाई आइफोन १७ प्रदान गरिनेछ। साथै, फोनपे डाइरेक्टमार्फत रकमान्तर गर्ने प्रक्रियाको भिडियो सामग्री सामाजिक सञ्जालमा पोस्ट गर्ने ग्राहकले दैनिक रूपमा सामसुङ इयरबड जित्ने अवसर पाउनेछन्।
यो योजना मंसिर १५ देखि पुस २५, २०८२ सम्म लागू हुनेछ। योजनामा सहभागी हुन मोबाइल बैंकिङ्गमार्फत फोनपे डाइरेक्ट प्रयोग गरी न्यूनतम तीन पटक रकमान्तर गर्नुपर्नेछ।
ग्लोबल आइएमई बैंक विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतिष्ठित संस्थाबाट पटक–पटक सम्मानित बन्दै आएको छ। बैंकले ‘बैंक अफ द इयर २०१४’, ‘बेष्ट इन्टरनेट बैंक २०१६’, ‘बेष्ट बैंक नेपाल २०२४–२०२५’, ‘युरो मनी अवार्ड फर एक्सलेन्स २०२२, २०२४–२०२५’ तथा ‘बेष्ट बैंक ईएसजी नेपाल २०२४’ लगायतका अवार्ड प्राप्त गरिसकेको छ।
देशका ७७ वटै जिल्लामा सेवा विस्तार गरेको बैंकसँग ३५२ शाखा, ३८४ एटिएम, १५० शाखारहित बैंकिङ्ग सेवा, ६८ एक्सटेन्सन तथा राजस्व काउन्टर र ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसहित करिब १,००० सेवा केन्द्र सञ्चालनमा छन्।
बैंकले अमेरिका, बेलायत, क्यानडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, यूएई, बहराइन, कुवेत, भारत र जोर्डनलगायत देशहरूबाट रेमिट्यान्स सेवा उपलब्ध गराउँदै नेपाली जनशक्तिको आर्थिक पहुँचलाई सहज बनाउँदै आएको छ।









