नेपाल बैंकर्स संघमा ४ नयाँ सदस्य चयन


  • Shangrila Dev Bank News Ad
  • Prabhu Bank
  • Himalayan Bank Limited (HBL)
  • Kamana Sewa Bikash Bank Ltd.
नेपाल बैंकर्स संघमा ४ नयाँ सदस्य चयन

बुधबार बसेको संघको वार्षिक साधारणसभाले रिक्त रहेको सदस्य पदमा नेपाल एसबीआई बैंकका प्रमुख कार्यकारी अधिकृत रामकुमार तिवारी, नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत मनोज ज्ञवाली, लक्ष्मी सनराइज बैंकका प्रमुख कार्यकारी अधिकृत अजय विक्रम शाह र प्राइम बैंकका प्रमुख कार्यकारी अधिकृत सञ्जीव मानन्धरलाई चयन गरेको हो ।

काठमाडौँ - वाणिज्य बैंकहरूको छाता संगठन नेपाल बैंकर्स संघको कार्यकारी सदस्यमा चार जना बैंकर चयन भएका छन् ।

बुधबार बसेको संघको वार्षिक साधारणसभाले रिक्त रहेको सदस्य पदमा नेपाल एसबीआई बैंकका प्रमुख कार्यकारी अधिकृत रामकुमार तिवारी, नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत मनोज ज्ञवाली, लक्ष्मी सनराइज बैंकका प्रमुख कार्यकारी अधिकृत अजय विक्रम शाह र प्राइम बैंकका प्रमुख कार्यकारी अधिकृत सञ्जीव मानन्धरलाई चयन गरेको हो । तीमध्ये मानन्धर पुनः सदस्यमा दोहोरिएका हुन भने बाँकी तीन जना नयाँ प्रवेश गरेका हुन् ।

यसअघि सदस्य रहेका सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत निश्चलराज पाण्डे, प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन, सिद्धार्थ बैंकका प्रमुख कार्यकारी अधिकृत सुन्दरप्रसाद कँडेलको कार्यकाल सकिएको थियो ।

Read More
  • MBL - below news
  • EBL Ad news
  • Laxmi Sunrise Bank Ad