वि. सं. २०८२ मङ्सिर १७ बुधबार, मार्गशीर्ष शुक्लपक्ष त्रयोदशी तिथि
मेष
प्रतिष्ठामा वृद्धि हुनेछ। उत्साह र ऊर्जा भरिएको दिन रहनेछ।
वृष
काममा अपेक्षित सफलताको लागि अधिक मेहनत गर्नुपर्ला। विज्ञ व्यक्तिको सल्लाह अनुसार चल्दा राम्रो परिणाम हात पार्न सकिनेछ।
मिथुन
व्यापारमा फाइदा हुनेछ, तर वैदेशिक लगानी र यात्रामा अवरोध आउन सक्छ।
कर्कट
आर्थिक र शैक्षिक उपलब्धिमा अब्बल बन्न सक्नुहुनेछ। पारिवारिक समर्थनले थप हौसला मिल्नेछ।
सिंह
व्यापारमा सामान्य सुधार हुनेछ। नयाँ कामको शुभ सुरुवात हुने योग बनेको छ।
कन्या
स्वास्थ्य, शिक्षा र सम्पत्तिको पक्ष बलियो रहनेछ। तर, राजनीति र सामाजिक क्षेत्रमा सचेत देखिन्छ।
तुला
आत्मविश्वास र मानसिक उत्साह बढ्नेछ। शिक्षामा गरिएको लगानीबाट सकारात्मक फल प्राप्त हुनेछ।
वृश्चिक
विरोधीहरूले तपाईंको सफलताप्रति ईर्ष्या गर्नेछन्। काममा सुधार देखिनेछ र नयाँ लगानीको अवसर सिर्जना हुन सक्छ।
धनु
दिन सामान्य रहनेछ। बोलीमा संयमता अपनाउनु राम्रो हुनेछ। शैक्षिक क्षेत्रबाट लाभ मिल्ने सम्भावना छ।
मकर
खर्चमा वृद्धि देखिन्छ। सहयोगीहरू टाढा हुन सक्छन्। शिक्षा र सामाजिक क्षेत्रमा प्रगति भए पनि पारिवारिक मनमुटाव बढ्न सक्छ।
कुम्भ
अनावश्यक खर्च बढ्न सक्छ। काममा सफलता र साथीभाइबाट समर्थन प्राप्त हुनेछ।
मीन
आर्थिक उन्नति हुनेछ। साथीभाइको साथ र समर्थनले तपाईंका कार्यहरूमा सफलता मिल्नेछ।









