वचत रकम फिर्ताको माग गर्दै सहकारी पीडितको प्रदर्शन जारी


  • KBL News Ad
  • Prabhu Bank
  • ADBL
  • Himalayan Bank Limited (HBL)
  • Kamana Sewa Bikash Bank Ltd.
वचत रकम फिर्ताको माग गर्दै सहकारी पीडितको प्रदर्शन जारी

सहकारी पीडितहरुले आफ्नो वचत रकम फिर्ताको माग गर्दै मंगलवार पनि प्रदर्शलाई जारी राखेका छन् । सहकारी पीडितहरुसँग विगतमा भएका सम्झौताहरु कार्यान्वयन गर्दै वचत रकम फिर्ता गर्न माग गर्दै पीडितहरुले मंगलवार पनि समस्याग्रस्त सहकारी व्यवस्थापन कार्यालयको अगाडि बुद्धनगरमा प्रदर्शन गरिरहेका छन् ।

सहकारीमा जम्मा गरेको वचत फिर्ता पाउनुपर्ने, सहकारी वचत हिनामिना गर्नेलाई कारबाही गर्नुपर्ने तथा तत्कालीन सरकारले गरेका सम्झौताहरु कार्यान्वयन गर्नुपर्ने उनीहरुको माग छ । सरकारले पटक–पटक वार्ता गरेता पनि आफूहरुको माग पूरा नगरेको उनीहरुको गुनासो छ ।

Read More

पढ्न छुट्यो कि ?

Prabhu Bank CEO Ashok Sherchan Arrested in Major Loan Misuse Case -
  • MBL - below news
  • Laxmi Sunrise Bank Ad