तेलको मूल्य र आपूर्ति सन्तुलनका लागि ओपेक प्लसको निर्णायक कदम


  • KBL News Ad
  • Prabhu Bank
  • ADBL
  • Himalayan Bank Limited (HBL)
  • Kamana Sewa Bikash Bank Ltd.
तेलको मूल्य र आपूर्ति सन्तुलनका लागि ओपेक प्लसको निर्णायक कदम

पेट्रोलियम निर्यातक मुलुकहरूको संगठन (ओपेक) र यसको सह–साझेदार समूह ओपेक प्लसले आगामी जनवरी, फेब्रुअरी र मार्च सन् २०२६ मा तेल उत्पादन वृद्धि रोक्ने निर्णय गरेको छ । उक्त निर्णय विश्व बजारको अवस्था ध्यानमा राखेर गरिएको हो ।

साउदी अरब, रसिया, इराक, संयुक्त अरब इमिरेट्स, कुवेत, कजाकिस्तान, अल्जेरिया र ओमानसहितका सदस्य मुलुकहरूले भर्चुअल बैठक गरी आर्थिक र बजारको समीक्षा गरेका थिए । यस वर्षको अप्रिलदेखि निरन्तर उत्पादन बढाउँदै आएका यी मुलुकहरूले अब सावधानीपूर्वक रणनीति अपनाउँदै आवश्यक परे उत्पादन समायोजन गर्ने लचिलोपन राख्ने बताइएको छ ।

Read More

पढ्न छुट्यो कि ?

Prabhu Bank CEO Ashok Sherchan Arrested in Major Loan Misuse Case -
  • MBL - below news
  • Laxmi Sunrise Bank Ad