अवैध आयातले स्वदेशी चिनी बिक्री नहुँदा तीन उद्योगमा १० हजार टन मौज्दात


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
अवैध आयातले स्वदेशी चिनी बिक्री नहुँदा तीन उद्योगमा १० हजार टन मौज्दात

बारा– उखु क्रसिङ सुरु हुनै लाग्दा मधेश प्रदेशका तीन उद्योगमा गत वर्षको करिब १० दश हजार टन चिनी गोदाममा थन्किएको छ । भारतबाट अवैध आयात भएर आउने चिनीभन्दा स्वदेशी महँगो भएपछि बिक्री नभएर थन्किएको हो ।

भारतबाट चोरी तस्करी गरेर ल्याएको चिनी खुद्रा व्यवसायीलाई प्रतिकेजी ६७ रुपैयाँमा दिने गरिएको छ । स्वदेशी उद्योगहरुले भने खुद्रा व्यापारीलाई प्रतिकेजी ८० रुपैयाँमा मात्र उपलब्ध गराउँछन् । खुद्रा व्यापारीहरुले स्वदेशीका तुलनामा अवैध आयात भएको चिनी प्रतिकिलो १३ रुपैयाँ सस्तो पाइरहेका छन् । यही मूल्य अन्तरका कारण खुद्रा व्यापारीले स्वदेशी खरिद नगर्दा उद्योगहरुमा १० हजार टनभन्दा बढी चिनी मौज्दात रहेको हो ।

Read More
  • MBL - below news