११ महीनामा भित्रिए १० लाख ६० हजार पर्यटक


  • Shangrila Dev Bank News Ad
  • Prabhu Bank
  • Himalayan Bank Limited (HBL)
  • Kamana Sewa Bikash Bank Ltd.
११ महीनामा भित्रिए १० लाख ६० हजार पर्यटक

काठमाडौं । सन् २०२५ को ११ महीनामा नेपाल भित्रिने पर्यटकको संख्या १० लाख नाघेको छ । 

नेपाल पर्यटन बोर्डले सोमवार (आज) सार्वजनिक गरेको तथ्यांक अनुसार सो अवधिमा १० लाख ६० हजार २६९ पर्यटक नेपाल आएका हुन् । यो गत वर्षको सोही अवधिको तुलनामा ०.४ प्रतिशत बढी हो । सन् २०२४ को ११ महीनामा १० लाख ५५ हजार ५२० पर्यटकले नेपाल भ्रमण गरेका थिए । 

पछिल्लो ११ महीनामा देशगत आधारमा सबैभन्दा बढी पर्यटक भारतबाट आएका छन् । उक्त अवधिमा भारतबाट २ लाख ६२ हजार ३४५ पर्यटकले नेपाल भ्रमण गरेको पर्यटन बोर्डको तथ्यांकमा उल्लेख छ । 

Read More
  • MBL - below news
  • EBL Ad news
  • Laxmi Sunrise Bank Ad