संस्थागत निक्षेपकर्तालाई राष्ट्र बैंकको राहत


  • Shangrila Dev Bank News Ad
  • Prabhu Bank
  • Himalayan Bank Limited (HBL)
  • Kamana Sewa Bikash Bank Ltd.
संस्थागत निक्षेपकर्तालाई राष्ट्र बैंकको राहत

काठमाडौँ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका संस्थागत निक्षेपकर्तालाई राहत दिएको छ । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८२/८३ पहिलो मौद्रिक नीति समीक्षा गर्दै संस्थागत निक्षेपकर्तालाई राहत दिएको हो ।

मौद्रिक नीतिको समीक्षाले बैंक तथा वित्तीय संस्थाले संस्थागत मुद्दती निक्षेपको ब्याजदर व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदरभन्दा कम्तीमा १ प्रतिशत विन्दुले कम गर्नुपर्ने विद्यमान व्यवस्था खारेज गरेको छ । 

राष्ट्र बैंकले मौद्रिक नीतिको समीक्षामार्फत खारेज गरेको व्यवस्थाले व्यक्तिगत मुद्दती निक्षेपमा प्रदान गर्ने ब्याजदर भन्दा १ प्रतिशत बढी दिने पाउने भएका छन् । 

हाल संस्थागत मुद्दती निक्षेपको ब्याजदर निर्धारण गर्दा व्यक्तिगत मुद्दती निक्षेपमा प्रदान गर्ने ब्याजदर भन्दा १ प्रतिशत बिन्दुसम्मले न्यून राखी तय गर्नुपर्ने व्यवस्था थियो ।

Read More
  • MBL - below news
  • EBL Ad news
  • Laxmi Sunrise Bank Ad