वि. सं. २०८२ मङ्सिर १५ गते सोमबार, मार्गशीर्ष शुक्लपक्ष एकादशी तिथि
मेष
खर्चको स्तर बढ्न सक्छ। नयाँ लगानीमा सतर्कता आवश्यक छ।
वृष
मानसिक प्रशन्नता, मान, प्रतिष्ठा मिल्नेछ । आम्दानी प्रशस्त हुने समय छ ।
मिथुन
कामबाट उपलब्धि र सम्मान बढ्ने, व्यापार व्यवसायबाट फाइदा हुनेछ।
कर्कट
विवाद वा अनावश्यक काममा समय व्यतित हुन सक्छ । धन खर्च हुने काममा विचार पुर्याउनुहोला ।
सिंह
व्यापार र कामका क्षेत्रमा सफलताको लागि अलिक बढी मिहिनेत गर्नु पर्नेछ ।
कन्या
नवीन कार्यको थालनी गर्दा राम्रो हुनेछ भने व्यवसायबाट सोचे अनुसारकै लाभ मिल्नेछ ।
तुला
आत्मविश्वास एवं पराक्रम बढ्नुका साथै अधुरा कार्य बन्ने योग छ । नयाँ कार्य गर्ने अवसर मिल्नेछन् ।
वृश्चिक
धनको हानी हुन सक्ने भएकाले लेनदेनमा सावधान हुन आवश्यक देखिन्छ ।
धनु
खर्च बढ्न सक्ने र लेनदेनमा विवाद वा घाटा हुन सक्न भएकाले ध्यान दिनुपर्नेछ।
मकर
धन प्राप्तिका नयाँ स्रोत पत्ता लाग्ने, नाम र कृति बढ्ने काममा लगानी हुन सक्छ ।
कुम्भ
धन एवं समयको नोक्सान हुनेछ । स्वास्थ्यमा समस्या आउन सक्छ ।
मीन
नयाँ काम पाउने सम्भावना रहेको छ । जोश, जाँगर, बढ्नुका साथै भाग्यले पनि साथ दिनेछ । धन आर्जनका साथै यात्राको अवसर मिल्नेछ ।









