सरकारी नीतिको अबज्ञा गर्दै आएका बैंक तथा वित्तीय संस्थालाई नेपाल राष्ट्र बैैंकले कडा निर्देशन दिएको छ । कृषि क्षेत्रको कर्जाका सम्बन्धमा राष्ट्र बैंकले सोमबार सूचना निकालेर १५ लाख रुपैयाँसम्मको कृषि ऋण माग भएको ७ दिनभित्रै उपलब्ध गराउन क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको हो ।
मौद्रिक नीतिमा भएको व्यवस्था बमोजिम राष्ट्र बैंकबाट यस्तो निर्देशन आएको हो । बित्तिय संस्थाले गर्दै आएको आनाकानी लाई समेत धयानमा राख्दै यदि ऋण दिन नमिल्ने भएमा के कारणले दिन नसकिएको हो ग्राहकलाई जानकारी दिन पनि बैंकले निर्देशन दिएको छ ।
बिभिन्न बहानामा कृषि ऋण दिन हिच्किचाउदै आएका बैंकलाई कृषि ऋण दिँदा मोटरबाटो नपुगेको क्षेत्रको घरजग्गालाई पनि धितोको रुपमा स्वीकार गर्न निर्देशन दिइएको छ । अब कर्जा दिनु पहिले कुनै पनि प्रकारको शुल्क लिन नपाउने राष्ट्र बैंकले जनाएको छ ।