काठमाडौँ — वित्तीय प्रणालीमा रहेको अधिक तरलता नघटेपछि आज (आइतबार) फेरि राष्ट्र बैंकले ५० अर्ब रुपैयाँ झिक्न थालेको छ ।
बैंक तथा वित्तीय संस्थामा ऋण दिन मिल्ने रकम (तरलता) धेरै भएपछि राष्ट्र बैंकले पछिल्ला दिनमा लामो अवधिका लागि पैसा झिक्दै आएको छ । सोही क्रममा आज ८६ दिनका लागि बजारबाट पैसा झिक्न लागेको हो ।
पछिल्लो तीन वर्षयता राष्ट्र बैंकले नियमित रूपमा आइतबार र बुधबार बजारबाट पैसा झिक्दै आएको छ । निक्षेप संकलनमा रकम राख्न चाहने बैंक तथा वित्तीय संस्थाले आज दिउँसो २ बजेसम्म अनलाइन बोलकबोल गर्न सकिने राष्ट्र बैंकद्वारा जारी सूचनामा उल्लेख छ ।








