काठमाडौँ — नेपालको कुल वैदेशिक रोजगारीमा कर्णाली प्रदेशको हिस्सा करिब ४ प्रतिशत मात्र छ । आर्थिक वर्ष २०८१/८२ मा वैदेशिक रोजगारीका लागि स्वीकृति प्रदान गरिएकामध्ये कर्णाली प्रदेशको हिस्सा ३.७८ प्रतिशत रहेको राष्ट्र बैंकको आर्थिक गतिविधि अध्ययनमा उल्लेख छ ।
‘यस प्रदेशमा वैदेशिक रोजगारीबाट स्वदेश फर्किने श्रमिकहरु मध्ये अधिकांशले पुनः श्रम स्वीकृति लिने गरेका छन् । केही वैदेशिक रोजगारीबाट सिकेको सीपलाई स्वदेशमा उपयोग गरी स्वरोजगार कार्यमा संलग्न रहेको पाइन्छ,’ प्रतिवेदनमा भनिएको छ, ‘स्वदेशमा रोजगारीका पर्याप्त अवसर नहुनाले वर्षेनि भरपर्दो आयआर्जनको खोजीको शिलशिलामा विदेशिने नेपालीहरुको सङ्ख्या बढ्दो क्रममा रहेको छ ।’







