काठमाडौं: सुन र अमेरिकी डलरको भाउ बढ्दा नेपाल राष्ट्र बैंकले एक वर्षमा ९१ अर्ब रुपैयाँ पुँजीगत लाभ गरेको छ ।
राष्ट्र बैंकको गत आर्थिक वर्ष २०८१/८२ को प्रतिवेदन अनुसार राष्ट्र बैंकले यो लाभ प्राप्त गरेको हो । यो लाभमध्ये राष्ट्र बैंकले सुनको मूल्य बढेबापत मात्रै ४६ अर्ब ८८ करोड रुपैयाँ नाफा कमाएको देखिएको छ । त्यस्तै, विदेशी विनिमय डलरमा भएको वृद्धिका कारण बैंकले ४५ अर्ब २ करोड कमाएको छ ।








