काठमाडौं । सर्वोत्तम सिमेन्ट लिमिटेडले गत आर्थिक वर्ष ०८१/८२ को मुनाफाबाट हाल कायम चुक्तापूँजीको आधारमा कुल २० प्रतिशत लाभांश वितरण गर्ने भएको छ ।
कात्तिक २८ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले हाल कायम चुक्तापूँजी ४ अर्ब ९७ करोड ५५ लाख रुपैयाँको आधारमा ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि समेत १५ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।








