आज कार्त्तिक २८ गते शुक्रबार, मार्गशीर्ष कृष्णपक्ष दशमी तिथि, कुन राशिका लागि कस्तो ?


  • KBL News Ad
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • City Express
  • Kamana Sewa Bikash Bank Ltd.
आज कार्त्तिक २८ गते शुक्रबार, मार्गशीर्ष कृष्णपक्ष दशमी तिथि, कुन राशिका लागि कस्तो ?

कार्त्तिक २८ गते शुक्रबार, मार्गशीर्ष कृष्णपक्ष दशमी तिथि

मेष
लगानीका लागि अनुकूल समय छ। विशेष गरी जग्गा कारोबार र व्यवसायिक लगानीबाट उल्लेखनीय लाभ प्राप्त हुने सम्भावना देखिन्छ।

वृष 
विदेशी लगानीबाट सन्तोषजनक परिणाम हासिल हुनेछ। सामाजिक क्षेत्रमा प्रतिष्ठा बढ्ने संकेत छन्।

मिथुन 
आर्थिक लाभ प्राप्त हुनेछ। प्रतिस्पर्धीहरू कमजोर देखिनेछन्, जसको प्रत्यक्ष फाइदा व्यापारमा देखिन सक्छ।

कर्कट
धनहानि र मानसिक तनावको सम्भावना देखिएकाले महत्वपूर्ण निर्णय गर्दा सतर्कता अपनाउनु उपयुक्त हुनेछ।

सिंह
पेशागत क्षेत्रमा सन्तोषजनक प्रगति हुनेछ। कार्य सम्पादनबाट आत्मसन्तुष्टि मिल्नेछ।

कन्या
चिन्ता र आर्थिक हानीको संकेत देखिन्छ। खर्चमा नियन्त्रण राख्नु र आर्थिक निर्णय सोचविचार गरी गर्नु जरुरी हुनेछ। 

तुला
आम्दानीका स्रोत बढ्नेछन्। व्यापार तथा व्यवसायमा उल्लेखनीय लाभको सम्भावना छ। 

वृश्चिक
पारिवारिक सहयोग प्राप्त हुनेछ। बोलीमा संयमता आवश्यक छ। राजनीति, समाज सेवा तथा अन्तर्राष्ट्रिय सम्बन्धका क्षेत्रमा सामान्य लाभदायक समय रहनेछ।

धनु
पेशागत कार्यमा अवरोध आउनसक्छ, जसले मनोस्थिति अस्थिर तुल्याउन सक्छ। धैर्य र संयमता आवश्यक रहनेछ।

मकर
मनमा चञ्चलता र आर्थिक पक्षमा कमजोरी देखिन सक्छ। आर्थिक कारोबारमा सतर्कता अपनाउनु हितकर हुनेछ।

कुम्भ
लाभदायक छोटो दूरीको यात्रा हुन सक्छ। व्यवसायमा पनि सकारात्मक नतिजा प्राप्त हुने सम्भावना छ।

मीन
आर्थिक लाभ, मानसम्मानको वृद्धि तथा शत्रुहरूमाथि विजय प्राप्त हुने समय रहेको छ।

  • EBL Ad news