जापानको प्रतिष्ठित अटोमोबाइल कम्पनी टोयोटाले संयुक्त राज्य अमेरिकामा १० अर्ब अमेरिकी डलरको लगानी गर्ने घोषणा गरेको छ । यो लगानी योजना अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको एसियाली भ्रमणका क्रममा गरिएको टिप्पणीपछिको घोषणा हो ।
गत अक्टोबर महिनामा अमेरिकी राष्ट्रपति ट्रम्पले टोकियो भ्रमणका क्रममा टोयोटाका प्रमुख कार्यकारी अधिकारी (सिइओ) एकियो टोयोडासँगको भेटपछि जापानिजहरु नयाँ कार प्लाण्टका लागि अमेरिकामा १० अर्ब डलर खर्च गर्न जाँदैछन् भनेका थिए । बिहीबार जारी गरिएको विज्ञप्तिमा कम्पनीले आगामी पाँच वर्षभित्र अमेरिकामा १० अर्ब अमेरिकी डलरको अतिरिक्त लगानी गर्ने घोषणा गरेको छ । टोयोटाका अनुसार यो नयाँ लगानीले अमेरिकामा टोयोटाको कुल लगानी करिब ६० अर्ब डलरमा पुग्नेछ ।








