कृषि विकास बैंकद्वारा चण्डिका देवी विद्यालयलाई आर्थिक सहयोग


  • KBL News Ad
  • Prabhu Bank
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
कृषि विकास बैंकद्वारा चण्डिका देवी विद्यालयलाई आर्थिक सहयोग

काठमाडौं - कृषि विकास बैंक लिमिटेडले काठमाडौं महानगरपालिका-२, बाडभञ्झ्याङस्थित श्री चण्डिका देवी माध्यमिक विद्यालयलाई एक लाख रुपैयाँ सहयोग गरेको छ।

बैंकले विद्यालय भवन मर्मत तथा रंगरोगनका लागि संस्थागत सामाजिक उत्तरदायित्व (CSR) कार्यक्रमअन्तर्गत उक्त सहयोग प्रदान गरेको जनाएको छ।

सहयोग हस्तान्तरण समारोहमा बैंकका उपमहाप्रबन्धक मिनराज पोखरेल, विभागीय प्रमुख बिना शर्मा, प्रबन्धक दिलबहादुर श्रेष्ठ, वरिष्ठ शाखा अधिकृत गीता नेपाल, विद्यालयका शिक्षक तथा विद्यार्थीहरूको उपस्थिति थियो।

बैंकले सामाजिक उत्तरदायित्वअन्तर्गत देशभरका विद्यालय, स्वास्थ्य संस्था र समुदायउन्मुख परियोजनामा सहयोग गर्दै आएको जनाएको छ।

  • EBL Ad news