लुम्बिनी विकास बैंकद्वारा किर्तिमानी पर्वतारोही सम्मानित


  • Shangrila Dev Bank News Ad
  • Prabhu Bank
  • Himalayan Bank Limited (HBL)
  • Kamana Sewa Bikash Bank Ltd.
लुम्बिनी विकास बैंकद्वारा किर्तिमानी पर्वतारोही सम्मानित

काठमाडाैँ । किर्तिमानी पर्वतारोही कामी रिता शेर्पा ले ३१ औँ पटक विश्वकै सर्वोच्च शिखर सगरमाथा आरोहण गर्दा लुम्बिनी विकास बैंकको लोगो अंकित ब्यानर सहित उच्च शिखरमा पुग्न सफल हुनुभएको छ।

यस उपलब्धिको सम्मानमा लुम्बिनी विकास बैंकले आज मिति २०८२ कार्तिक २३ गते एक कार्यक्रम आयोजना गरी प्रमुख कार्यकारी अधिकृत नरेश सिंह बोहराले उहाँलाई सम्मान गर्दै उत्तरोत्तर प्रगतिका कामना व्यक्त गर्नुभयो।

शेर्पा विगत दुई दशकदेखि लुम्बिनी विकास बैंकका “निरन्तर सहयात्री” रहनुभएको छ। उहाँले आफ्नो ३१ औँ आरोहण व्यक्तिगत उपलब्धि मात्र नभएर परिवार, शेर्पा समाज र सम्पूर्ण नेपालको गौरवको रूपमा रहेको जानकारी दिनुभयो। बैंकले उहाँको साहसिक कार्यले संस्थासहित देशलाई गौरवान्वित बनाएको उल्लेख गरेको छ।

देशका ७ वटै प्रदेशमा शाखा सञ्चालन गर्दै आएको लुम्बिनी विकास बैंक लिमिटेड सँग हाल ८९ शाखा कार्यालय र एक एक्सटेन्सन काउण्टर रहेको छ। बैंकले “निरन्तर सहयात्रा” भन्ने नाराका साथ उच्चस्तरीय, आधुनिक र सुरक्षित बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ।

  • MBL - below news
  • EBL Ad news