किसानलाई ठूलो राहत: कृषि विकास बैंकले ६.४९% मा ऋण दिने, ऋणको लागत घट्यो


  • KBL News Ad
  • Prabhu Bank
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
किसानलाई ठूलो राहत: कृषि विकास बैंकले ६.४९% मा ऋण दिने, ऋणको लागत घट्यो

काठमाडाैँ । नेपालको कृषि क्षेत्रलाई वित्तीय सहयोग पुर्‍याउने प्रमुख लक्ष्य बोकेको कृषि विकास बैंक लिमिटेड (ADBL) ले किसानहरूका लागि सस्तो ब्याजदरमा ऋण दिने घोषणा गरेको छ। यो कदमले कृषकहरूको ऋण लागत उल्लेखनीय रूपमा घटाउने अपेक्षा गरिएको छ।

बैंकले जारी गरेको नयाँ योजना अनुसार, अब कृषि कर्जाको ब्याजदर बैंकको आधार दर (Base Rate) ५.४९ प्रतिशतमा जम्मा १ प्रतिशत प्रिमियम थप गरी ६.४९ प्रतिशत कायम गरिएको छ।

बजारमा अन्य व्यावसायिक कर्जाको ब्याजदर उच्च रहेको बेला ADBL ले ल्याएको यो योजनाले बालीनाली, पशुपन्छी तथा माछापालन जस्ता कृषिजन्य व्यवसायमा लागनी गर्न चाहनेहरूलाई ठूलो प्रोत्साहन पुग्ने विश्वास गरिएको छ।

बैंकको यो निर्णय नेपाल राष्ट्र बैंकको कृषि क्षेत्रमा अनिवार्य लगानी गर्नुपर्ने नीतिलाई सहज रूपमा कार्यान्वयन गर्नेतर्फ लक्षित रहेको र यसले समग्र ग्रामीण अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्ने विश्लेषण गरिएको छ।

  • EBL Ad news