जेन जी आन्दोलनपछि राहदानी सेवा लिन सास्ती, दैनिक ५ सयदेखि ८ सय फारम मात्र खुला


  • KBL News Ad
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • City Express
जेन जी आन्दोलनपछि राहदानी सेवा लिन सास्ती, दैनिक ५ सयदेखि ८ सय फारम मात्र खुला

काठमाडौ । जेनजी आन्दोलनुपछि राहदानी विभागबाट सेवा लिने सेवाग्राहीले सास्ती खेप्नुपरेको छ। आन्दोलनका क्रममा १४ जिल्लाका पासपोर्ट सिस्टम बन्द भएको र केही स्थानमा राहदानी तथा सिस्टम जलेको कारण सेवा प्रवाहमा समस्या आएको विभागले जनाएको छ।

विभागका सूचना अधिकारी केशवराज पन्थीका अनुसार, प्रणालीमा आएको गडबडीका कारण हाल विभागले दैनिक ५ सयदेखि ८ सयको हाराहारीमा मात्र फारम उपलब्ध गराउन सकेको छ। यसअघि भदौ २९ गते सूचना जारी गर्दै विभागले दैनिक ५ सय थान आवेदनका लागि साँझ ६ बजेदेखि वेबसाइटमा फारम उपलब्ध गराउने जनाएको थियो।

Read More
  • EBL Ad news