नेपाल धितोपत्र बोर्डका कर्मचारीले बोर्ड अध्यक्षको राजीनामा माग गर्दै आन्दोलनलाई तीव्र रूप दिएका छन्।
कर्मचारीका विभिन्न संगठनले शुक्रबार संयुक्त रूपमा विज्ञप्ति जारी गर्दै बोर्डको स्वायत्तता खोस्ने गरी अर्थ मन्त्रालयको राजस्व सचिवस्तरबाट गरिएको निर्णय फिर्ता लिन सरकारसँग माग गरेका छन्।
विज्ञप्तिमा भनिएको छ, ‘सत्तरी लाखभन्दा बढी लगानीकर्ता तथा सात सयभन्दा बढी बजार सहभागीहरूलाई हाम्रो बाध्यात्मक परिस्थितिबाट गर्नु परेको आन्दोलनबाट पर्न गएको असुविधा प्रति हृदयदेखि क्षमायाचना गर्दछौं।’







