सप्तकोशी डेभलपमेन्ट बैंकलाई नेपाल राष्ट्र बैंकले शीघ्र सुधारात्मक कारबाही गरेको छ । बैंकको पुँजी कोष अनुसार तोकिएको सीमाभन्दा २४.९ प्रतिशतले कम भएपछि शीघ्र सुधारात्मक कारबाही गरिएको हो ।
राष्ट्र बैंकले तोकेको न्यूनतम पुँजी कोष अनुपात कायम गर्न नसकेका बैंक तथा वित्तीय संस्थालाई शीघ्र सुधारात्मक कारबाही गर्ने गरेको छ । केन्द्रीय बैंकले न्यूनतम पुँजी कोष अनुपात तोकिएभन्दा बैंक वा वित्तीय संस्थाले कायम गरेको पुँजी कोष अनुपात २५ प्रतिशतसम्मले कम भएपछि सप्तकोशीलाई कारबाही गरेको हो । तोकिएको १० प्रतिशतको पुँजी कोष २५ प्रतिशतले कम भएको खण्डमा सम्बन्धित बैंक वा वित्तीय संस्थाको उच्च व्यवस्थापनसँग सुधारका कार्यक्रम सम्बन्धमा छलफल गरी छलफलका विषयवस्तुलाई अभिलेखका रूपमा राख्ने गर्छ ।







