काठमाडौँ — भदौ २३ र २४ गतेको प्रदर्शनका क्रममा क्षति भएका सार्वजनिक भौतिक संरचना पुनर्निर्माणका लागि सरकारले स्थापना गरेको कोषमा बुधबारसम्म ६ करोड २४ लाख रुपैयाँ मात्र संकलन भएको छ ।
सार्वजनिक संरचनाको पुनर्निर्माणका लागि सरकारले असोज ८ गते राष्ट्रिय वाणिज्य बैंकमा ‘भौतिक पूर्वाधार पुनर्निर्माण कोष’को नाममा बैंक खाता खोलेर स्वेच्छिक रूपमा सहयोग गर्न सबैलाई आग्रह गरेको थियो ।
जसअनुसार व्यक्ति र संस्था गरेर करिब सवा ६ करोड रुपैयाँ बराबर सहयोग गरिएको अर्थ मन्त्रालयले जनाएको छ ।






