सेयर लगानीकर्ताहरूले पूँजी बजार सुधार, विस्तार र आधुनिकीकरणको माग गर्दै नेपाल धितोपत्र बोर्ड अगाडि प्रदर्शन गर्ने भएका छन्।
उनीहरूले ‘हिन्द काठमाडौं संघर्ष अभियान’ नामक आन्दोलनको घोषणा गरेका छन्।सेयर लगानीकर्ता दिपेन्द्र अग्रवालको संयोजकत्वमा आन्दोलनको घोषणा भएको हो।
अभियान अन्तर्गत लगानीकर्ताहरूले २८ बुँदे ज्ञापनपत्र तयार पारेका छन्। कार्तिक १४ गते लगानीकर्ताहरू बोर्ड पुगेर उक्त मागपत्र औपचारिक रूपमा बुझाउने तयारीमा छन्।
लगानीकर्ताका प्रमुख मागहरू यस्ता छन्ः
१. सुधारका नीति र कार्यक्रम कार्यान्वयन गर्न असफल भए बोर्ड अध्यक्ष सन्तोष नारायण श्रेष्ठले राजीनामा दिनु पर्ने।
२. गैरआवासीय नेपालीलाई समान कर प्रणालीसहित दोस्रो बजारमा स्वतन्त्र प्रवेश र बहिर्गमनको व्यवस्था गर्नुपर्ने।

 
                                    





