काठमाडौं । सोल्टी होटल लिमिटेडले कुल ३१ दशमलव ५८ प्रतिशत लाभांश प्रस्ताव गर्दै ५१औं वार्षिक साधारण सभा आव्हान गरेको छ । कात्तिक ११ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष ०८१/८२ को मुनाफाबाट हाल कायम चुक्तापूँजीको आधारमा १५ प्रतिशत बोनस शेयर र कर प्रयोजन समेतका लागि १६ दशमलव ५८ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
लाभांश प्रस्ताव सहित अन्य विविध प्रस्ताव पारितका लागि कम्पनीले मंसिर २८ गते वार्षिक साधारण सभा गर्ने भएको छ । त्रिभुवन आर्मी अफिसर्स क्लब टुडिखेल, सुन्धारा, काठमाडौंमा विहान १० बजे सभा गर्ने तयारी कम्पनीले गरेको हो । हाल कम्पनीको चुक्तापूँजी १ अर्ब २ करोड १८ लाख ६२ हजार रुपैयाँ छ । सोही पूँजीको आधारमा कम्पनीले लाभांश वितरण गर्न लागेको हो । यस वर्ष कम्पनीले गत वर्षभन्दा कम लाभांश वितरण गर्न लागेको हो ।

 
                                    





