काठमाडौँ । सरकारले हालै चालेका तीनवटा महत्त्वपूर्ण कदमले नेपालको निर्माण क्षेत्रमा गम्भीर तरङ्ग पैदा गरेको छ । ट्रंक तथा डेडिकेटेड लाइनको बक्यौता नतिर्ने उद्योगहरूको विद्युत् आपूर्ति बन्द गर्ने, रुग्ण ठेक्काहरू तोड्ने र विकास निर्माण क्षेत्रको बजेटमा भारी कटौती गर्ने सरकारी कदमले समग्र निर्माण उद्योगलाई समस्यामा धकेलेको सरोकारवाला बताउँछन् ।







