रोजगारी सिर्जनामा केन्द्रित हुँदै विश्व बैंक


  • KBL News Ad
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • City Express
रोजगारी सिर्जनामा केन्द्रित हुँदै विश्व बैंक

काठमाडौं : विश्व बैंक अब रोजगारी सिर्जनामा केन्द्रित हुने भएको छ। विश्व बैंक समूहका अध्यक्ष अजय बंगाले सन् २०२५ को वार्षिक पूर्ण बैठकमा सम्बोधन गर्दै विश्व बैंक समूहको केन्द्रित उद्देश्य अब रोजगारी सिर्जना रहेको बताएका हुन्। उनले विकासलाई परोपकारका रूपमा नभई रणनीतिका रूपमा लिइँदै गरेको र यसको परिणामस्वरूप रोजगारी सिर्जना हुने बताए।

रोजगारी सिर्जना गर्ने आफ्नो लक्ष्य हासिल गर्न विश्व बैंक समूहले तीन स्तम्भको रणनीति अपनाएको छ। जसअन्तर्गत सरकारको नेतृत्व, व्यावसायिक वातावरण र पुँजी रहेका छन्। सरकारहरूले अवसरका लागि भौतिक र मानवीय पूर्वाधार (जस्तैः सडक, शिक्षा, स्वास्थ्य सेवा, बिजुली) निर्माणमा नेतृत्व गर्छन्। यस्तै, स्पष्ट नियमहरू, प्रतिस्पर्धाको समान मैदान र जिम्मेवार ऋण व्यवस्थापनसहितको सुदृढ आर्थिक व्यवस्थापन रहेको छ।

Read More
  • EBL Ad news