पहिलो त्रैमासमा ३५ अर्ब १३ करोड रुपैयाँ विदेशी लगानी प्रतिबद्धता


  • KBL News Ad
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • City Express
पहिलो त्रैमासमा ३५ अर्ब १३ करोड रुपैयाँ विदेशी लगानी प्रतिबद्धता

काठमाडौँ — चालु आर्थिक वर्षको पहिलो तीन महिनामा ३५ अर्ब १३ करोड ७७ लाख ८६ हजार रुपैयाँ बराबरको प्रत्यक्ष विदेशी लगानी (एफडीआई) प्रतिबद्धता आएको छ। उद्योग विभागका अनुसार यो अवधिमा ३११ उद्योगमा विदेशी लगानीको प्रतिबद्धता दर्ता भएको हो।

असोज महिनामा मात्र ७५ उद्योगमा २ अर्ब ४ करोड ५७ लाख रुपैयाँ बराबरको प्रत्यक्ष विदेशी लगानी प्रतिबद्धता आएको विभागले जनाएको छ। विभागका अनुसार अटोमेटिक रुटमार्फत पहिलो त्रैमासमा १९७ उद्योगमा ३३ अर्ब २७ करोड ४८ लाख रुपैयाँ बराबरको लगानी प्रतिबद्धता आएको छ।

Read More
  • EBL Ad news