नेपाल उद्योग वाणिज्य महासंघले जेनजी आन्दोलनका क्रममा उद्योग, व्यवसाय र निजी सम्पत्तिमाथि भएको लुटपाट, तोडफोड र आगजनी घटनामा संलग्न व्यक्तिहरूमाथि छानबिन गरी कानूनी कारबाही गर्न सरकारसँग माग गरेको छ ।
महासंघले सोमबार जारी गरेको वक्तव्यमार्फत आन्दोलनको समयमा घुसपैठमार्फत भएको ती घटनाहरूले निजी क्षेत्रको मनोबल कमजोर पार्नुका साथै आर्थिक गतिविधिमै नकारात्मक असर पु¥याएको जनाएको छ । महासंघका अनुसार, पीडित व्यवसायीहरूले जाहेरी नै दर्ता नहुने गुनासो गरिरहेका छन्, जसले दण्डहीनता मौलाउने र व्यवसायी हतोत्साहित हुने अवस्था सिर्जना गरेको छ ।







