महिला लघुवित्तको नाफामा ४८.२४ प्रतिशत वृद्धि


  • Shangrila Dev Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
महिला लघुवित्तको नाफामा ४८.२४ प्रतिशत वृद्धि

साउन २०, काठमाडौं (अस) । महिला लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आवको चौथो त्रैमासमा रू. ३ करोड ८ लाख १८ हजार खुद नाफा आर्जन गरेको छ । कम्पनीको गत आवको वित्तीय विवरण अनुसार यस्तो नाफा अघिल्लो त्रैमासको तुलनामा ४८ दशमलव २४ प्रतिशत बढी हो । कम्पनीले असार मसान्तसम्म रू. ८ करोड ५७ लाख ९१ हजार खुद ब्याज आम्दानी गरेको छ । गत आवको तेस्रो त्रैमासमा कम्पनीले रू. ६ करोड १ लाख ७४ हजार खुद ब्याज आम्दानी गरेको थियो । 

कम्पनीको सञ्चालन मुनाफा रू. ३ करोड ९८ लाख ७९ हजार रहेको छ । गत आवको चौथो त्रैमासमा कम्पनीले रू. ४८ करोड २ लाख ८८ हजार निक्षेप संकलन गरेको छ भने रू. १ अर्ब ३४ करोड ७८ लाख बराबर कर्जा प्रवाह गरेको छ । असार मसान्तसम्म कम्पनीको चुक्तापूँजी रू. ६ करोड रहेको छ भने जगेडा कोषमा तेस्रो त्रैमासको तुलनामा २१ प्रतिशत बढी रकम जम्मा गरेको छ । गत आवको चौथो त्रैमासमा कम्पनीको जगेडा कोषमा रू. ६ करोड २३ लाख ९४ हजार जम्मा भएको छ । कम्पनीको निष्क्रिय कर्जा भने शून्य दशमलव ६१ रहेको छ । 

Read More
  • MBL - below news