काठमाडौं । वर्षौंअगाडि ठेक्का सम्झौता गरेर पनि काम नगरी आयोजना अलपत्र पार्ने ठेकेदारमाथि सरकारले कडा कदम चालेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्रालयको संयुक्त पहलमा देशभरका रुग्ण ठेक्कामाथि कारबाही प्रक्रिया अघि बढाइएको छ ।
१२ सिँचाइ आयोजना, ६ झोलुंगे पुल ६ र ४० सडकका ठेक्का तोडिँदै
सरकारले जनकपुरधामस्थित सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजनाले १२ वटा रुग्ण ठेक्का तोडेको छ भने सडक डिभिजनका ४० ठेक्का तोड्ने तयारी भएको छ । योसँगै सस्पेन्सन ब्रिज डिभिजनले ६ वटा झोलुंगे पुलको ठेक्का तोड्ने तयारीसमेत थालेको छ ।







