काठमाडौँ — ३४ वटा अन्तर्राष्ट्रिय गन्तव्यको उडान अनुभव भएको नेपाल वायुसेवा निगम एक समय एसियाकै गौरव गर्ने संस्था भइसकेको थियो । आन्तरिक र अन्तर्राष्ट्रिय उडानमा निगमको एकाधिकार थियो ।
पूर्वी एसियामा जापानको ओशाकादेखि पश्चिममा जर्मनको फ्र्यांकफर्ट र लन्डनसम्म राष्ट्रिय ध्वजा बोकेर निगमका बोइङ विमान उड्थे । तर, प्रजातन्त्र बहालीपछिका वर्षहरूमा राजनीतिक हस्तक्षेपले बारम्बार विवाद र घाटाको चक्रमा निगम फस्दै गयो । संस्थाको साख जोगाउँदै वित्तीय अवस्था सुधार्न २०७८ सालमा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले इलामका युवराज अधिकारीलाई चार वर्षका लागि निगमको कार्यकारी अध्यक्षको जिम्मेवारी सुम्पियो । तर, निगम सुधारभन्दा विभिन्न विवादमा फसेका अधिकारी शुक्रबारदेखि आफ्नो कार्यकाल सकेर बिदा भएका छन् ।






