तिहार बिदामा भन्सारका बैंकहरूले सेवा दिने


  • KBL News Ad
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • City Express
तिहार बिदामा भन्सारका बैंकहरूले सेवा दिने

३१ असोज, काठमाडौं । नेपाल राष्ट्र बैंकले भन्सारमा रहेका बैंकहरूलाई तिहार बिदामा पनि सेवा प्रदान गर्न निर्देशन दिएको छ ।

भन्सार जाँचपासका लागि आवश्यक बैंकिङ सेवा प्रदान गर्न भन्दै केन्द्रीय बैंकले बैंकहरूलाई निर्देशन दिएको हो ।शुक्रबार सूचना जारी गरी केन्द्रीय बैंकले भन्सार कारोबार गर्ने बैंकहरूले भाइटीकाको दिनबाहेक सेवा दिन भनेको हो । सरकारले आपूर्ति प्रणाली सुचारु राख्न तथा सेवा प्रवाह निरन्तरता कायम गर्न मालवस्तुको भन्सार जाँचपास गर्ने प्रयोजनको लागि आवश्यक बैंकिङ सेवा सुचारु गराउन केन्द्रीय बैंकलाई पत्राचार गरेको थियो ।

Read More
  • EBL Ad news