काठमाडौं : सरकारले हिमाल आरोहण अनुमतिबाट एक वर्षको अवधिमा १ अर्ब २२ करोड रुपैयाँभन्दा बढी आम्दानी गरेको छ । नेपालमा २२ सयभन्दा बढी हिमाल छन् । त्यसमध्ये साढे चार सय हिमाल आरोहणका लागि खुल्ला गरिएका छन् ।
पछिल्लो एक वर्षमा पर्यटन विभागबाट ७६ र नेपाल पर्वतारोहण संघबाट २४ हिमालको लागि मात्रै आरोहण अनुमति पत्र जारी भएको छ । संघलाई २७ वटा हिमालको आरोहण अनुमति पत्र दिने अधिकार रहेको छ ।







