काठमाडौँ । जेनजी आन्दोलनको पहिलो दिन भदौ २३ गते सेयर बजार परिसूचक २६७२.२५ अङ्कमा थियो । त्यतिबेला बजारको कुल बजारको कुल सम्पत्ति (पुँजीकरण) ४४ खर्ब ६७ अर्ब रुपैयाँ रहेको थियो ।
यो साताको बिहीबार बजार बन्द हुँदा बजार परिसूचक २४८७.१७ अङ्कमा झरेको छ । यो अनुसार अहिले अहिले यो रकम ४१ खर्ब ५७ अर्ब रुपैयाँ रहेको छ । यो जेनजी आन्दोलनपछि मात्रै सेयर बजारले ३ अर्ब १० अर्ब रुपैयाँ बराबरको सम्पत्ति गुमाइसकेको छ ।
त्यसो त, पछिल्लो साता मात्रै बजारले १ अर्ब ५९ अर्ब रुपैयाँ बराबरको सम्पत्ति गुमाएको छ । पछिल्लो बिहीबार कारोबार बन्द हुँदा बजार सूचक २५८२.१८ अर्ब रुपैयाँ रहेको थियो । यस अनुसार पुँजीकरण ४३ खर्ब १६ अर्ब रुपैयाँ थियो । अहिलेको पुँजीकरण अनुसार एक सातामा मात्रै बजारले १ खर्ब ५९ अर्ब रुपैयाँ गुमाएको देखिन्छ ।

 
                                    





