दुई ठूला नेपाल–भारत अन्तरदेशीय प्रसारण लाइन निर्माणको बाटो खुल्यो


  • KBL News Ad
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • City Express
दुई ठूला नेपाल–भारत अन्तरदेशीय प्रसारण लाइन निर्माणको बाटो खुल्यो

दुईवटा ठुला नेपाल–भारत अन्तरदेशीय प्रसारण लाइन निर्माणका लागि बाटो खुलेको छ । बिहीवार बेलुका बसेको मन्त्रिपरिषद बैठकले इनरुवा–पूर्णिया ४०० केभी र दोधारा–बरेली ४०० केभी अन्तरदेशीय प्रसारण लाइन निर्माण गर्न ३ अर्ब रुपैयाँ बजेट स्वीकृत गरेसँगै प्रसारण लाइन निर्माणको बाटो खुलेको हो ।

मन्त्रिपरिषदको बैठकले नेपाल विद्युत प्राधिकरण र भारतको पावर ग्रिड कर्पोरेशन अफ इण्डिया लिमिटेडको संयुक्त लगानीमा प्रसारण लाइन निर्माण गर्न नेपाल तथा भारत दुवै भूमिमा दुईवटा संयुक्त कम्पनीहरु स्थापना गर्ने र प्राधिकरणबाट क्रमश एक अर्ब र दुई अर्ब रुपैयाँ बराबरको स्वपुँजी लगानी गर्न अनुमति दिने निर्णय गरेको हो ।

Read More
  • EBL Ad news