काठमाडाैँ । कृषि विकास बैंक लिमिटेडले कृषि कर्जाको लागि व्याजदर प्रिमियम घटाएको छ। बैंकले आगामी कार्तिक १ गतेदेखि लागू हुनेगरी कृषि पेशा तथा व्यवसायमा संलग्न ग्राहकहरूलाई लक्षित गर्दै व्याजदर प्रिमियममा ०.५ प्रतिशतले कटौती गरेको हो।
बैंक स्रोतका अनुसार कृषि कर्जाको यो प्रिमियम दर अन्य कर्जाहरूको तुलनामा ०.५ प्रतिशत कम हुनेछ। यस कदमले नयाँ तथा व्यवसायिक कृषकहरूलाई थप प्रोत्साहन दिने र कृषि क्षेत्रमा लगानी आकर्षित गर्ने अपेक्षा गरिएको छ।
त्यस्तै बैंकले प्रदान गर्ने कृषि कर्जाको ब्याजदरमा अब बैंकको बेसरेटमा थप १ प्रतिशत मात्र प्रिमियम थप गरि ब्यजदर कायम हुने बैकले जनाएको छ ।
कृषि विकास बैंकले विगत ५८ वर्षदेखि कृषि क्षेत्रका लागि वित्तीय लगानी गर्दै आएको छ। हालसम्म ८०,००० भन्दा बढी कृषक तथा कृषि व्यवसायीलाई कर्जा सुविधा प्रदान गरेको बैंकले जनाएको छ।
बैंकका अनुसार व्याजदर प्रिमियममा गरिएको यस कटौतीबाट कृषि क्षेत्रमा नयाँ व्यवसायिक कृषकको सहभागिता बढ्ने, लगानी विस्तार हुने र थप रोजगारीको अवसर सिर्जना हुने अपेक्षा गरिएको छ।
कार्तिक १ गतेदेखि लागु हुने कृषि विकास बैंककाे नयाँ ब्याजदर तालिका ः







