काठमाडौँ — जेन–जी आन्दोलनका बेला प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को आर्थिक अपराध अनुसन्धान गर्ने ‘पिलर’ मा रहेको कर्णाली विकास बैंक घोटाला प्रकरणका केही कागजात नष्ट भएको खुलेको छ। लाजिम्पाटस्थित सीआईबीको भुइँतलामा रहेको आर्थिक अपराधसम्बन्धी पिलरमा तोडफोड गर्दै प्रदर्शनकारीले कर्णाली विकास बैंकको ९ सय पृष्ठको मिसिल सडकमा ल्याएर आगो लगाएको पाइएको हो ।