अर्थमन्त्रीका कारण धितोपत्र बोर्ड कर्मचारीको आन्दोलन थप लम्बिदै, तिहार अघि नटुङ्गिने


  • KBL News Ad
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • City Express
अर्थमन्त्रीका कारण धितोपत्र बोर्ड कर्मचारीको आन्दोलन थप लम्बिदै, तिहार अघि नटुङ्गिने

नेपाल धितोपत्र बोर्डका कर्मचारीको आन्दोलन तिहार अघि नटुङ्गिने भएको छ। अर्थमन्त्री रामेश्वर खनाल अहिले अमेरिकामा छन्। उनी शनिवार मात्र नेपाल फर्कने कार्यक्रम छ। शनिवार मन्त्री फर्किए पनि तिहार अघि आइतबार मात्रै कार्यालय खुल्छ। त्यसदिन पनि बोर्ड बैठक बस्ने सम्भावना निक्कै कम छ।

यस अघि बसेको बोर्ड बैठकले अर्थ मन्त्रालयले दिएको निर्देशनको विषयमा कुनै निर्णय गरेन। यस अघि के कसरी कर्मचारी कल्याण कोष कार्यविधि, २०७१ र नेपाल धितोपत्र बोर्ड कर्मचारी सुरक्षण कोष (सञ्चालन तथा व्यवस्थापन) कार्यविधि, २०७५ लागु भएको हो भनेर अध्ययन गर्ने र उक्त अध्ययन प्रतिवेदन हेरेर मात्रै निर्णय गर्ने बैठकले निर्णय गरेको थियो।

बैठकको उक्त निर्णय पछि बोर्ड व्यवस्थापनले सो विषयमा अध्ययन प्रतिवेदन तयार पारिसकेको छ। व्यवस्थापनले “नेपाल धितोपत्र बोर्ड कर्मचारी सेवा शर्त नियमावली, २०६८ को व्यवस्था बमोजिम बोर्डबाट लागु गरिएको कार्यविधि सम्बन्धी अध्ययन प्रतिवेदन, २०८२” तयार गरिसकेको छ। तयार प्रतिवेदन कर्मचारी व्यवस्थापनले धितोपत्र बोर्ड समक्ष पेस गरिसकेको छ। उक्त प्रतिवेदन उपर छलफल गर्न भन्दै बोर्ड बैठक डाक्न खोजिएको थियो। तर अर्थ मन्त्रालयका प्रतिनिधि उत्तर खत्रीले अर्थमन्त्री अमेरिकाबाट नआएसम्म बोर्ड बैठक नबस्ने भनेपछि बैठक बस्न सकेको छैन। खत्रीले अर्थमन्त्रीसँग परामर्श गरेपछि मात्रै बैठक बस्ने भनेपछि बैठक बस्न नसकेको हो।

Read More
  • EBL Ad news