सशस्त्रले भन्सार छलेर ल्याएको २ केजी सुन र १० केजी चाँदी बरामद गर्‍यो


  • KBL News Ad
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • City Express
सशस्त्रले भन्सार छलेर ल्याएको २ केजी सुन र १० केजी चाँदी बरामद गर्‍यो

वीरगञ्ज । सशस्त्र प्रहरी बल नेपाल पर्सा र पथलैयास्थित राजस्व अनुसन्धान कार्यालयले भन्सार छली गरेर गोदाममा राखेको भन्दै २ हजार २५४ ग्राम सुन र १० हजार ३५४ ग्राम चाँदी बरामद गरेको छ । 

विशेष सूचनाका आधारमा वीरगञ्ज महानगर–८ स्थित माईस्थानस्थित अभिषेक सर्राफको घरमा अवैध रूपमा भन्सार छली गरेको सुन र चाँदी गोदाममा रहेको सूचनाका आधारमा सो परिमाणको सुन र चाँदी बरामद गरेको हो ।

Read More
  • EBL Ad news