वीरगन्ज । मुलुकी अपराध संहिता, २०७४ को दफा १२५ (क) ले गर्न नहुने भनी बर्जित गरेको अवैध हुण्डी रकम सहित पर्सामा एक जेनजी पक्राउ परेका छन् । ऐनले बर्जित गरेको श्रोत नखुलेको (अवैध हुण्डी) रकमसम्बन्धी कारोवार गरेको कसूरमा पर्सा प्रहरीले कारोवारीलाई पक्राउ गरेको हो ।
पक्राउ पर्ने जेनजी (व्यक्ति) वीरगन्ज महानगरपालिका १६ का १९ वर्षीय किशन यादव रहेको पर्सा प्रहरीले पुष्टि गरेको हो । अभियुक्त यादवले मुलुकी अपराध संहिता, २०७४ को दफा १२५ (क) अनुसार ऐनले बर्जित गरेको अवैध रकम ४ लाख ३४ हजार साथमा नै लिएर हिडिरहेको समयमा पक्राउ गरिएको पर्साका प्रहरी नायव उपरिक्षक किशोर लम्सालले बताए । पक्राउ पर्ने व्यक्ति आर्थिक नगरी वीरगन्ज महानगरपालिका वडा नम्बर १६ नगवाका १९ वर्षीय किशन यादव रहेको पर्सा प्रहरी कार्यालयका सूचना अधिकारी समेत रहेको प्रहरी नायव उपरिक्षक लम्सालले बताए ।







