माथिल्लो भोटेकोशी जलविद्युतको १० प्रतिशत शेयर स्थानीयलाई निःशुल्क दिने सहमति


  • KBL News Ad
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • City Express
माथिल्लो भोटेकोशी जलविद्युतको १० प्रतिशत शेयर स्थानीयलाई निःशुल्क दिने सहमति

सिन्धुपाल्चोक : १० प्रतिशत निःशुल्क शेयरको माग गर्दै १ महिनादेखि बन्द गरिएको सिन्धुपाल्चोकको भोटेकोशीमा सञ्चालित ४५ मेगावाट क्षमताको माथिल्लो भोटेकोशी जलविद्युत आयोजना खुलेको छ। भोटेकोशी पावर कम्पनीद्वारा सञ्चालित आयोजनाका प्रतिनिधि, आन्दोलनरत भोटेकोशी जेन–जी समूह, गाउँपालिका जनप्रतिनिधि तथा स्थानीय प्रतिनिधिहरूबीचको सर्वपक्षीय बैठकले स्थानीयलाई १० प्रतिशत निःशुल्क शेयर प्रदान गर्नेसहितको ५ बुँदे सम्झौतासहित  सहमति जुटाएको हो। सम्झौतापछि बन्द पावरहाउस सुचारु गरिने भएको हो। 

Read More
  • EBL Ad news