काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले हिमालयन बैंकको संस्थापक शेयर किन्ने बाटो खुलेको छ । उक्त बैंकमा संस्थापकको रूपमा लगानी गरेको पाकिस्तानको हबिब बैंकलाई आफ्नो स्वामित्वको शेयर विक्री गर्न नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि सो शेयरको क्रेता नेशनल लाइफ इन्स्योरेन्स प्रमुख संस्थापक शेयरधनीको पंक्तिमा उभिन लागेको हो । हबिब ३ दशकअघि नेपालमा लगानी गर्न आएको थियो ।
नेपाल राष्ट्र बैंकले हबिबलाई शेयर बेच्ने स्वीकृति दिएपछि यसका लागि ४ वर्षदेखि पाकिस्तानी बैंकले गरेको प्रयास सफल भएको छ ।