असोज २७ गते सोमबार, कार्तिक कृष्णपक्ष सप्तमी तिथि
मेष
उद्योग तथा व्यापारबाट राम्रो फाइदा हुनेछ ।
वृष
काममा अपेक्षा गरेकाहरुबाट सहयोग नमिल्न सक्छ। आर्थिक क्षेत्र सामान्य रहला।
मिथुन
इच्छाशक्ति बढ्नुका साथै प्रयत्न गरेको काम छोटै समयमा पूरा हुन सक्छ ।
कर्कट
खर्च बढ्नुका साथै आर्थिक अभाव देखा पर्न सक्छ ।
सिंह
व्यापार–व्यवसायमा विशेष फाइदा होला । कामको क्षेत्र पनि राम्रो रहला।
कन्या
गरेको कामले प्रशंसा पाउने छ र दीर्घकालिक फाइदाका लागि मिहिनेत र परिश्रम गर्ने समय छ ।
तुला
नयाँ काममा हात हाल्दा राम्रो हुन्छ र गरी आएका व्यापार व्यवसाय र कामधन्दाका क्षेत्रबाट पनि फाइदा नै हुनेछ ।
वृश्चिक
व्यावसायिक काममा समय दिन सकिंदैन । साझेदारी र सट्टापट्टामा बेफाइदा हुने भएकाले सतर्क रहनु पर्छ ।
धनु
व्यवसायका लागि यात्राको सम्भावना र कामका लागि अनुकूल समय छ ।
मकर
व्यापार तथा उद्योगतर्फ सामान्य फाइदाको योग छ । सानो प्रयत्नले ठूलो काम सम्पादन हुन सक्छ ।
कुम्भ
सामाजिक उत्तरदायित्व वहन गर्नु पर्नेछ । आँटेका काममा निकै मिहिनेत गरेमा मात्र सफलता हात लाग्नेछ ।
मीन
स्वास्थ्यमा कमजोरी र आफन्तको असहयोगले काम बिग्रिन सक्छ। खर्च अलिक बढ्न सक्छ।







