२६ असोज, काठमाडौं । जेन–जी आ
न्दोलनको दोस्रो दिन २४ भदौमा नयाँ बानेश्वरस्थित संसद् भवन नजिकै रहेको राष्ट्रिय वाणिज्य बैंकमा लुटपाट भएको महिना दिन पुग्दा समेत लुटिएको रकम र सुनबारे केही पत्ता लाग्न सकेको छैन ।
आन्दोलन हिंसात्मक बन्दै आग
जनी, तोडफोड र लुटपाटमा परिणत हुन थालेपछि लुटेराको समूहले बैंक नै तोडफोड गरेर लुटपाट गरेको थियो ।







