काठमाडौं : सरकारले जेनजी प्रदर्शन र बाढीपहिरो विपद्का क्रममा क्षति भएको सार्वजनिक संरचना पुनर्निर्माण गर्न चालु आर्थिक वर्षको बजेटबाटै रकमान्तर गर्ने भएको छ ।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णय शुक्रबार सार्वजनिक गर्दै सूचना, सञ्चार तथा प्रविधिमन्त्री जगदीश खरेलले जेनजी प्रदर्शन र बाढीपहिरोले पुर्याएको क्षतिको पुनर्निर्माण तथा मर्मतसम्भारका लागि चालु आर्थिक वर्षको स्वीकृत कार्यक्रम भित्रबाटै सीमा नरहने गरी रकमान्तर गर्न अर्थ मन्त्रालयलाई निर्देशन दिने निर्णय भएको बताए ।







