एटिएमबाट झिक्न पाइने रकम घट्यो, अब एकपटकमा २० हजार र दैनिक ५० हजार मात्रै


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
एटिएमबाट झिक्न पाइने रकम घट्यो, अब एकपटकमा २० हजार र दैनिक ५० हजार मात्रै

काठमाडाैँ । नेपाल राष्ट्र बैंकले डेबिट कार्ड (एटिएम) प्रयोग गरेर नगद निकाल्ने सीमा घटाएको छ। शुक्रबार जारी गरिएको भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशन, २०८१ मा गरिएको संशोधनसँगै नयाँ सीमा लागू गरिएको हो।

संशोधित व्यवस्थाअनुसार अब एटिएम कार्डमार्फत एकपटकमा अधिकतम २० हजार रुपैयाँसम्म मात्र निकाल्न सकिनेछ। यसअघि एकपटकमा २५ हजार रुपैयाँसम्म झिक्न सकिन्थ्यो।

त्यस्तै, दैनिक कारोबार सीमा पनि आधा घटाइएको छ — अघिल्लो एक लाख रुपैयाँको सट्टा अब ५० हजार रुपैयाँसम्म मात्रै नगद निकाल्न सकिनेछ।

मासिक कारोबार सीमा पनि घटाइएको छ। पहिले डेबिट कार्डबाट मासिक रूपमा चार लाख रुपैयाँसम्म कारोबार गर्न पाइन्थ्यो, अब यो सीमा घटाएर तीन लाख रुपैयाँ तोकिएको छ।

राष्ट्र बैंकले यो निर्णय डिजिटल भुक्तानीलाई प्रोत्साहन गर्न गरिएको जनाएको छ। बैंकका अनुसार, एटिएमबाट हुने नगद निकासी अझै पनि नगदमुखी कारोबार भएकाले अनलाइन वा इलेक्ट्रोनिक माध्यमबाट हुने भुक्तानीलाई प्राथमिकता दिन यस्तो व्यवस्था गरिएको हो।

  • MBL - below news