जेनजी आन्दोलनमा भएको क्षतिको बीमा दाबी २३ अर्ब २२ करोड पुग्यो, १ अर्ब ५८ करोड भुक्तानी


  • KBL News Ad
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • City Express
जेनजी आन्दोलनमा भएको क्षतिको बीमा दाबी २३ अर्ब २२ करोड पुग्यो, १ अर्ब ५८ करोड भुक्तानी

देशभर हालैको जेनजी आन्दोलनका क्रममा भएको भौतिक तथा अन्य क्षतिको बीमा दाबी रकम करिब रु. २३ अर्ब २२ करोड ८७ लाख पुगेको छ। नेपाल बीमा प्राधिकरणका अनुसार १४ निर्जीवन बीमा कम्पनी र ४ लघु निर्जीवन बीमा कम्पनीमा दर्ता भएका ३ हजार ९९ दाबीको यो संयुक्त रकम हो।

बीमकहरूले सो कुल दाबी रकममध्ये हालसम्म अग्रिम भुक्तानीसहित करिब रु. १ अर्ब ५८ करोड ५६ लाख बीमितहरूलाई प्रदान गरिसकेका छन्। आन्दोलनका क्रममा क्षति मूल्याङ्कनका लागि २ हजार ७१० दाबीका लागि सर्भेयर खटाइएको र तीमध्ये ३७४ प्रतिवेदन प्राप्त भएको बीमकहरूले बताएका छन्।

Read More
  • EBL Ad news