अर्थ मन्त्रालय पुग्यो भिरकोट उद्योग वाणिज्य संघ र पालिकाबीचको विवाद, कर नतिर्ने घोषणा


  • KBL News Ad
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • City Express
अर्थ मन्त्रालय पुग्यो भिरकोट उद्योग वाणिज्य संघ र पालिकाबीचको विवाद, कर नतिर्ने घोषणा

स्याङ्जा जिल्लाको भिरकोट नगरपालिकामा स्थानीय सरकार र उद्योग वाणिज्य संघबीचको विवाद चर्किएको छ। व्यापारिक मेला आयोजनाको अधिकारको विषयमा सुरु भएको विवाद अब संघीय अर्थमन्त्रालयसम्म पुगेको छ।

भिरकोट उद्योग वाणिज्य संघले व्यापारिक प्रयोजनका लागि नगरपालिकाभित्र हुने कुनै पनि मेला–महोत्सव सञ्चालन गर्ने अधिकार आफूहरूको भएको दाबी गर्दै उजुरी पत्र पालिका र संघीय अर्थमन्त्रालयमा बुझाएपछि विवाद सार्वजनिक रूपमा सतहमा आएको हो। संघले नगरपालिकाले आफूहरूको अधिकार मिचेर स्थानीय क्लब ‘बयरघारी पिस युथ क्लब’ लाई रमाइलो मेला आयोजना गर्न अनुमति दिएको भन्दै आपत्ति जनाएको छ।

Read More
  • EBL Ad news